• 011-661035
  • info@panas.coop.np

Events

16th AGM Of Panas Saccos

2024-09-19

Banepa, Kavre

 संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न ।
संस्थाको १६ औं वार्षिक साधारण सभा मिति २०८१ असोज ०३ गते बिहिवार स्मार्ट पेलेस बनेपा ५ मा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष श्री उदयराम कायष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रमको पहिलो सत्रको रुपमा उद्घाटन सत्र रहेको थियो । उक्त सत्रमा अध्यक्ष श्री सुसन राजवंशीज्यूले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नुहुदै संस्थाको हालसम्मको स्थितिको बारेमा जानकारी राख्नुभएको थियो । संस्थाका प्रमुख कार्यकारी प्रमुख श्री ईश्वर महाजुज्यूले संचालन गर्नुभएको कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप बालेर प्रमुख अतिथी , सभापति एवं अतिथी वर्गबाट गर्नुभएको थियो । संस्थाका सचिव श्री पुष्कर रंजितकारज्यूले वार्षिक प्रगती प्रतिवेदन पेश गर्नुृभयो भने कोषाध्यक्ष सुमन वैद्यज्यू आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। त्यस्तै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक श्री हरिगोपाल वैद्यज्यूले पेश गर्नु भएको थियो । उक्त कार्यक्रममा संस्थामा आव २०८०÷८१ भरिमा उत्कृष्ट वित्तिय कारोवार गर्ने सदस्य महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
उक्त कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि जिल्ल सहकारी संघ लि का संचालक सदस्य श्री पूर्ण सागर रंजितकार,चण्डेश्वरी साकोसका अध्यक्ष नवीन भक्त बादे, आभाष साकोसबाट सचिव श्री प्रकास कायष्ठज्यू, सिनागाल सामुदायिक साकोसबाट श्री सरोज तिमल्सिनाज्यू  , काभ्रे टाइम्सका सम्पादक श्री रमेश प्रसाद न्यौपानेज्यू र चेष्टा साप्ताशिकका सम्पादक श्री लक्ष्मण तिमल्सिनाज्यूको उपस्थिति रहेको थियो । भने उद्घाटन सत्रको समापन धन्यवाद ज्ञापनका साथ संचालक सदस्य श्री राम पोतेज्यूले गर्नुभएको थियो ।
त्यस्तै , साधारण सभा कार्यक्रमको  दोस्रो सत्र बन्द सत्रमा सचिव को वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन सर्वसम्मतले अनुमोदन गरेको थियो ।